महाशाखाका अनुसार बिहीबार मनसुन कोशी प्रदेशका बाँकी भू–भागसहित मधेश प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा फैलिएको छ।
काठमाडौँ– नेपालमा १५ दिनअगावै भित्रिएर रोकिएको मनसुन बिहीबार थप चार प्रदेशमा फैलिएको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार मनसुन कोशी प्रदेशका बाँकी भू–भागसहित मधेश प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा फैलिएको छ।
महाशाखाका मौसमविद् गोविन्द झाले मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका केही भू–भागमा र लुम्बिनी प्रदेशका थोरै भू–भागमा मनसुन फैलिएको जानकारी दिए।
यसअघि यही जेठ १५ गते राति नेपालमा मनसुन भित्रिएको थियो। त्यसपछि मनसुन सोहोरिएर पूर्वी एशिया गएको थियो। कोशीबाट फैलिन नपाएको मनसुन बिहीबार भित्रिएको १४ दिनपछि अन्य चार प्रदेशमा फैलिएको हो। अन्य प्रदेशमा फैलिन अझै केही दिन लाग्ने उनले बताए। मनसुन भित्रिने सरदर मिति जुन १३ अर्थात् भोलि शुक्रबार हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
