अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित

निकटतम प्रतिद्वन्द्वी प्रकाश पौडेललाई सात मतले पछि पार्दै कडरिया अध्यक्षमा निर्वाचित भएका हुन्। कडरियाले ७३२ मत ल्याएर विजयी हुँदा पौडेलले ७२५ मत पाए। 

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित भएका छन्। 

निकटतम प्रतिद्वन्द्वी प्रकाश पौडेललाई सात मतले पछि पार्दै कडरिया अध्यक्षमा निर्वाचित भएका हुन्। मतपरिणामअनुसार कडरियाले ७३२ मत ल्याएर विजयी हुँदा पौडेलले ७२५ मत पाए। 

अनेरास्ववियुको उपाध्यक्षमा अञ्जना सिवाकोटी, विकास श्रेष्ठ तथा महासचिवमा दीपक धामी र उपमहासचिवमा कमल जोशी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। 

सचिवमा आकाश घर्ती,  रचना सापकोटा र गोपाल नेपाल निर्वाचित भए।