अदालतले तीनकुने घटनामा संलग्न अन्य ३२ जनालाई १० हजारदेखि १ लाख रुपैयाँसम्म धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएको छ।
काठमाडौँ– जिल्ला अदालत काठमाडौँले आपराधिक उपद्रवको आरोपमा दुर्गा प्रसाईंसहित सात जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार राति ७ जनालाई थुनामा राख्न र अन्य ३२ जनालाई धरौटीमा छोड्न आदेश दिएको हो।
काठमाडौँको तीनकुनेमा गत चैत १५ गते राजतन्त्र पक्षधरहरूको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा उनीहरूविरुद्ध मुद्दा चलाइएको थियो। प्रदर्शनका जनकमान्डर भनिएका दुर्गा प्रसाद प्रसाईं, तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भन्ने गोकर्ण शाही, डण्डपाणी रेग्मी, केशव बस्नेत, कुमार तामाङ र सुशील बराललाई थुनामा राख्न आदेश भएको हो।
अदालतले सोही घटनामा संलग्न अन्य ३२ जनालाई १० हजारदेखि १ लाख रुपैयाँसम्म धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएको छ।
आदेशमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री एवं सांसद धवल शमशेर जबराबारे भने केही उल्लेख छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
