चन्द्रप्रकाश बानियाँको उपन्यास ‘तुलुराजा’ प्रकाशित

बानियाँको पुस्तक ‘महारानी’ले २०७६ सालको मदन पुरस्कार प्राप्त गरेको थियो। 

काठमाडौँ– चन्द्रप्रकाश बानियाँको ऐतिहासिक उपन्यास ‘तुलुराजा’ प्रकाशित भएको छ। 

शिखा बुक्सले प्रकाशत गरेको ४४० पृष्ठको उपन्यासको मूल्य ७९५ रुपैयाँ रहेको छ। 

गोर्खा राज्य विरुद्ध राहुगाउँ प्रश्रवण क्षेत्रका मगरहरूले गरेको विद्रोहको ऐतिहासिक कथालाई केन्द्रमा राखेर बुनिएको औपन्यासिक आख्यान रहेको शिखा बुक्सले जनाएको छ। 

बानियाँको पुस्तक ‘महारानी’ले २०७६ सालको मदन पुरस्कार प्राप्त गरेको थियो।