इजरायली आक्रमणको इरानले बदला लिनसक्ने भन्दै इजरायलले देशमा आपत्काल घोषणा गरेको छ। आखिर इजरायलले एकाएक किन गर्यो आक्रमण?
काठमाडाैँ– इजरायली आक्रमणमा इरानको रिभोलुसनरी गार्डका प्रमुख हुसेन सलामीको मृत्यु भएको छ। उनको मृत्युपछि, पूर्व कुड्स फोर्स प्रमुख जनरल वाहिदीलाई नयाँ कमान्डर–इन–चीफ नियुक्त गरिएको बीबीसीले जनाएको छ।
यसका साथै जनरल वाहिदीले आक्रमणको जवाफ दिन आदेश जारी गरेका छन्। यो जानकारी इरान रिभोलुसनरी गार्डको एक्स ह्यान्डलमा दिइएको छ। इरानी सरकारी सञ्चारमाध्यमका अनुसार इजरायली आक्रमणमा हालसम्म पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ।
यसमा इरान रिभोलुसनरी गार्डका कमान्डर–इन–चीफ हुसेन सलामी, खातम–अल–अन्बिया केन्द्रीय मुख्यालयका कमान्डर घोलामली रशिद र चिफ अफ स्टाफ मोहम्मद बघेरी समावेश छन्। यसबाहेक, आणविक ऊर्जा संगठनका पूर्व प्रमुख फेरिदुन अब्बासी, आणविक वैज्ञानिक तथा तेहरानस्थित इस्लामिक आजाद विश्वविद्यालयका अध्यक्ष मोहम्मद मेहदी तेहरानचीको पनि आक्रमणमा मृत्यु भएको थियो।
इजरायली आक्रमणको इरानले बदला लिनसक्ने भन्दै इजरायलले देशमा आपत्काल घोषणा गरेको छ। इजरायलका रक्षामन्त्री इजरायल काट्जले भने, “इरानमा इजरायलको आक्रमणपछि हाम्रो जनसंख्यामाथि मिसाइल वा ड्रोन आक्रमणको सम्भावना छ। यस्तो अवस्थामा अत्यावश्यक क्षेत्र बाहेक शैक्षिक गतिविधि, भेला र कार्यस्थलहरूमा प्रतिबन्ध लगाइएको छ।”
इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले इजरायलले इरानी बममा काम गरिरहेका वैज्ञानिकहरूलाई निशाना बनाएको बताएका छन्। साथै, उनले आवश्यक परेसम्म यी आक्रमणहरू जारी रहने पनि जनाएका छन्।
उनले भने, “हालैका महिनाहरूमा, इरानले पहिले कहिल्यै नचलेका कदमहरू चालेको छ, अर्थात्, यसले समृद्ध युरेनियमबाट हतियार बनाउन कदम चालेको छ।”
यो क्रम रोकिएन भने, इरानले धेरै छोटो समयमा आणविक हतियार विकास गर्न सक्ने उनको भनाइ छ। यसमा केही महिना वा एक वर्षभन्दा कम समय लाग्न सक्ने र यो इजरायलको अस्तित्वको लागि खतरा हुने उनले बताएका छन्।
साथै, नेतन्याहूले आणविक वार्तामा नेतृत्व गरेकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिएका छन्। नेतन्याहूले भने, “उनले (ट्रम्प) बारम्बार स्पष्ट पारेका छन् कि इरानले आणविक संवर्धन कार्यक्रम अगाडि बढाउन सक्दैन।”
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानमाथि इजरायलको आक्रमणको बारेमा एक विज्ञप्ति जारी गरेका छन्। उनले भने, “आज राति, इजरायलले इरान विरुद्ध एकतर्फी कारबाही गरेको छ। हामी इरान विरुद्धको आक्रमणमा संलग्न छैनौं र हाम्रो सर्वोच्च प्राथमिकता यस क्षेत्रमा अमेरिकी सेनाको सुरक्षा गर्नु हो।” राष्ट्रपति ट्रम्प र प्रशासनले आफ्ना सेनाहरूको सुरक्षा गर्न र यस क्षेत्रमा आफ्ना साझेदारहरूसँग घनिष्ठ सम्पर्कमा रहन सबै आवश्यक कदम चालेका पनि उनले बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
