इरानमा इजरायली आक्रमणपछि मध्यपूर्वको सबैभन्दा ठूलो एयरलाइन्स एमिरेट्सले इराक, जोर्डन, लेबनान र इरान जाने र आउने उडान रद्द गरेको बताएको छ।
इरानमा इजरायली आक्रमणपछि खाडीका एयरलाइन्सहरूले मध्यपूर्वका धेरै गन्तव्यका लागि उडान रद्द गरेका छन्। आक्रमणपछि मध्यपूर्वको सबैभन्दा ठूलो एयरलाइन्स एमिरेट्सले इराक, जोर्डन, लेबनान र इरान जाने र आउने उडान रद्द गरेको बताएको छ।
शुक्रबारका लागि निर्धारित धेरै उडान र शनिबार एउटा तेहरान उडानलाई एयरलाइन्सको वेबसाइटमा रद्द गरिएको रूपमा सूचीबद्ध गरिएको थियो।
देशको राष्ट्रियवाहक र मध्यपूर्वको सबैभन्दा ठूलोमध्ये एक कतार एयरवेजले ‘यस क्षेत्रको हालको अवस्थाका कारण इरान र इराकका लागि अस्थायी रूपमा उडानहरू रद्द गरेको’ बताएको छ।
संयुक्त अरब इमिरेट्सका विमानस्थलले अवरोधको चेतावनी दिएका छन्। दुबईले एक्समा पोस्ट गर्दै भनेको छ, “इरान, इराक र सिरियामा हवाई क्षेत्र बन्द भएका कारण अल मकतूम इन्टरनेसनलका केही उडान रद्द वा ढिलाइ भएका छन्।”
अबुधाबी विमानस्थलले इजरायली आक्रमणको परिणामस्वरूप ‘आज (शुक्रबार) भरी उडान अवरोध अपेक्षित छन्’ भनेर चेतावनी दिएको छ।
यसअघि शुक्रबार इजरायल र इरानको बीचमा रहेका जोर्डन र इराकले आफ्नो हवाई क्षेत्र बन्द गरेको र इजरायलको आक्रमणपछि सबै उडान बन्द गरेको घोषणा गरेका थिए।
इजरायली आक्रमणको प्रतिक्रियामा इरानले ‘कुनै सीमा’ नहुने टिप्पणी गरेपछि जोर्डनको सेनाले राज्यको हवाई क्षेत्र उल्लंघन गर्ने ड्रोन र मिसाइलहरू रोकेको बताएको छ।
इजरायलले सैन्य र आणविक उद्योगका लक्ष्यविरुद्ध इरानमा शृंखलाबद्ध रूपमा आक्रमण गरेको छ। आक्रमणमा परी इरानका सशस्त्र बलका प्रमुख, रिभोलुसनरी गार्ड्सका प्रमुख र शीर्ष आणविक वैज्ञानिकहरूको मृत्यु भएको छ।
इरानले जवाबी कारबाहीमा करिब एक सय वटा ड्रोन प्रक्षेपण गरेको इजरायली सेनाले बताएको छ। ती ड्रोनलाई उसले गोली हानेर खसाल्न खोजिरहेको बताएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
