संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित भएको छ।
काठमाडौँ– संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित भएको छ।
राष्ट्रियसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट मन्त्री अधिकारीले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो।
छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले सरकारले गरेको कामको अनुभूतिको आधारमा संवैधानिक परिषद्सम्बन्धी विधेयक ल्याउनु परेको बताए।
सो विधेयकमाथिको छलफलमा सांसद गोपाल भट्टराई, भुवनबहादुर सुनार, कृष्णबहादुर रोकाय, विष्णुबहादुर विश्वकर्मा र सुरेशकुमार आले मगरले भाग लिएका थिए। राष्ट्रियसभाको अर्को बैठक अगामी असार ५ गते दिउँसो १ बजे र १५ मिनेटमा बस्ने भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
