प्रतिनिधिसभाको अवरोध अन्त्य गरी बैठक सञ्चालन गर्न सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलबीच दुईबुँदे सहमति भएको छ।
काठमाडौँ– प्रतिनिधिसभाको अवरोध अन्त्य गरी बैठक सञ्चालन गर्न सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलबीच दुईबुँदे सहमति भएको छ।
नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौला र प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका प्रमुख सचेतकबीच शुक्रबार दुईबुँदे सहमति भएको हो।
उक्त सहमतिसँगै अबरुद्ध संसद् सञ्चालन हुने बाटो खुलेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिपछि १३ गतेदेखि अवरुद्ध बैठक शुक्रबारबाटै खुल्ने जानकारी गराए।
यसअघि प्रतिपक्षी दलहरूले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्न सहयोग पुर्याएका थिए।
सहमतिको पहिलो बुँदामा भनिएको छ, “भिजिट भिसा र अध्यागमनसँग सम्बन्धित विषयका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ, उक्त कार्यलाई आयोगले निष्कर्षमा पुर्याउने नै छ। उक्त विषयका सम्बन्धमा छानविनका लागि आयोगले माग गरे बमोजिम नेपाल सरकारले आवश्यक सहयोग गर्नेछ।”
दोस्रो बुँदामा अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न सरकारले आवश्यक अध्ययन एवं छानबिन गरी नीतिगत, कानूनी र संरचनात्मक सुधारका लागि उपयुक्त व्यवस्था गर्न ठोस पहल गर्ने प्रतिबद्धता सरकारले व्यक्त गर्ने उल्लेख छ।
उक्त दुईबुँदे सहमतिमा भने प्रतिपक्षी दल रास्वपा र राप्रपाले असहमति जनाएका छन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा, छानबिन समितिलगायत पाँचबुँदे प्रस्तावमा रास्वपाले भने अडान जारी राखेको छ। तर अध्यक्ष दाहालले रास्वपालाई पनि सहमतिमा ल्याउने प्रयास भइरहेको बताएका छन्।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
