सभामुख देवराज घिमिरेले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको सांसद निलम्बन भएको बारेमा सदनलाई जानकारी गराएका छन्।
काठमाडौँ– सभामुख देवराज घिमिरेले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको सांसद निलम्बन भएको बारेमा सदनलाई जानकारी गराएका छन्।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख घिमिरेले सरकारी सार्वजनिक सम्पत्ति हिनामिना र हानिनोक्सानी गरेको अभियोगमा नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको र उक्त मुद्दाको किराना नलाग्दासम्म उनको सांसद पद स्वतः निलम्बन हुने सदनलाई गराएका हुन्।
आयोगले पताञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी काभ्रेपलान्जोकको नासिकास्थान साँगा महेन्द्रज्योतिमा हदबन्दीभन्दा बढी जग्गा खरिदका सम्बन्धमा सरकारी सार्वजनिक सम्पत्ति हिनामिना र हानिनोक्सानी भएको भन्ने अभियोगमा पूर्वप्रधानमन्त्री नेपालसहितका व्यक्तिविरुद्ध मुद्दा दर्ता गरेको थियो।
सभामुख घिमिरले तत्कालीन नेकपा माओवादीबाट २०६४ सालमा संविधानसभामा सभानुपातिक सदस्यमा निर्वाचित वीरेन्द्र ज्वारचनको ६९ वर्षको उमेरमा निधन भएकोप्रति शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको घोषणा गरे।
समाजसेवीसमेत रहेका उनको जेठ २९ गते मुस्ताङस्थित आफ्नो निवासमा मृत्यु भएको थियो।
प्रतिनिधिसभाको अर्को बैठक आगामी असार १ गते आइतबार ११ः०० बजे बस्ने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
