इजरायलमाथि इरानको हमला, ४० जना घाइते

​​​​​​​इरानका सर्वोच्च नेता अयातोल्ला अली खामेनीले इजरायलमाथि बदला स्वरूप ‘गम्भीर प्रहार’ गर्ने चेतावनी दिएका थिए।

तस्वीर: एएफपी।

इरानले इजरायलमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ। इजरायलले गरेको आक्रमणको बदलामा इरानले जेरुसेलमलगायत स्थानमा क्षेप्यास्त्र प्रहार गरेको हो। 

तेल अभिभ र जेरुसलेममा विस्फोटका आवाज सुनिएको र आकाशमा कालो धुवाँको मुस्लो उठेको देखिएको बीबीसीले जनाएको छ। इरानले ब्यालिस्टिक मिसाइल प्रयोग गरेको समाचारमा जनाइएको छ। 

यस हमलामा एक जनाको मृत्यु भएको छ। ४० जना घाइते भएका छन्। जसमध्ये दुई जनाको अवस्था गम्भीर छ। उनीहरूको इजरायली अस्पतालमा उपचार भइरहेको छ। 

इरानका सर्वोच्च नेता अयातोल्ला अली खामेनीले इजरायलमाथि बदला स्वरूप ‘गम्भीर प्रहार’ गर्ने चेतावनी दिएका थिए।