धादिङको थाक्रे गाउँपालिका–८ सोप्याङखोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
धादिङ– थाक्रे गाउँपालिका–८ सोप्याङखोलामा शनिबार बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जना युवकको मृत्यु भएको छ।
हाप्सेचौरतर्फबाट फोकटपुर आउँदै गरेको बा प्र ०२–०५० प ९६२० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा थाक्रे गाउँपालिका–८, फोकटपुरका २२ वर्षीय सुमन थापाको मृत्यु भएको हो।
मुख र ढाडमा गम्भीर चोट लागेका थापालाई प्राथमिक उपचारपछि थप उपचारका लागि प्रादेशिक स्वास्थ्य केन्द्र गजुरी पुर्याइएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए।
“दुर्घटनापछि प्रहरी टोली घटनास्थलमा खटिएको थियो। तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको देखिन्छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
