यस वर्ष पोखरामा करिब ४०० टन (दुई करोड रुपैयाँ बराबर)को तरबुजा उत्पादन भएको छ।
गण्डकी– पोखरा महानगरपालिका–३३ सुरौदी खोला किनारास्थित तिखेढुंगामा दुई किसानले १५ लाख रुपैयाँभन्दा बढीका तरबुजा बेचेर छिमेकीलाई पनि यो फलको खेतीमा लाग्न प्रेरित गरेका छन्।
सुरौदीको तिखेढुंगामा अगुवा कृषकद्वय रमेश आचार्य र ज्ञानबहादुर कार्कीले ३५ रोपनीमा तरबुजाखेती गरेकोमा ३० हजार किलोग्राम बिक्री गरेका छन्। प्रतिकूल मौसमका कारण पाँच लाख रुपैयाँ बरबरको हानि भएको किसान आचार्यले जानकारी दिए। निरन्तरको वर्षाका कारण तरबुजा बिग्रिएका हुन्।
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा आयोजित तरबुजा मेलामा सुरौदीमा फलेको सात किलो ८६० ग्राम तौलको तरबुजा सबैभन्दा ठूलो पहिचानसमेत गरिएको थियो। उक्त तरबुजा फलाएबापत महानगरपालिकाले उनीहरूलाई पाँच हजार रुपैयाँ नगदसहित पुरस्कृत गरेको थियो।
यस वर्ष सुरौदीसहित पोखराका विभिन्न स्थानमा तरबुजाखेतीप्रतिको आकर्षण बढिरहेको पोखरा महानगरपालिका कृषि विकास शाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए। परीक्षणका रूपमा गरिएको तरबुजाखेती २०० रोपनी क्षेत्रफलमा विस्तार भएको छ। महानगरपालिकाले तरबुजाखेतीका लागि बीउ र मलचिङमा सहयोग गरेको उनले बताए।
पोखरा महानगर क्षेत्रका वडाहरूमध्ये वडा नं १३, २३, ३०, ३२ र ३३ मा यस खेतीप्रति आकर्षण बढिरहेको छ। यसवर्ष पोखरामा करिब ४०० टन (दुई करोड रुपैयाँ बराबर)को तरबुजा उत्पादन भएको छ। महानगरपालिकाले स्थानीय सरस्वती जातको तरबुजाको ‘ब्रान्डिङ’ र बजारीकरणका लागि स्टिकर तयार गरी प्रदान गरेको शाखा प्रमुख कडरियाले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
