भारतको केदारनाथ मन्दिर नजिकै हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु

हेलिकप्टर देहरादुनबाट तीर्थयात्री बोकेर केदारनाथका लागि उडेको थियो। मृत्यु हुनेमा ६ जना तीर्थयात्री र एक पाइलट रहेका छन्।

फाइल तस्वीर।

भारत उत्तराखण्डको केदारनाथ मन्दिर नजिकै हेलिकप्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। 

प्रतिकूल मौसमबीच गौरीकुण्डको जंगलमा भएको दुर्घटनामा हेलिकप्टरमा सवार सबैको मृत्यु भएको हो।

मृत्यु हुनेमा ६ जना तीर्थयात्री र एक पाइलट रहेको रुद्रप्रयाग जिल्ला विपद् व्यवस्थापन अधिकारी नन्दन सिंह राजवारले बताएका छन्। 

उक्त हेलिकप्टर देहरादुनबाट तीर्थयात्री बोकेर केदारनाथका लागि उडेको थियो।