सडक विभागका उपमहानिर्देशक ललिजन खनालको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन तथा छानबिन समिति गठन गरिएको छ। समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यभार दिइएको छ।
काठमाडौँ– मेची राजमार्गअन्तर्गत पाँचथरको फिदिम–४ र हिलिहाङ–७ जोड्ने हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिएको घटनाबारे छानबिनका लागि सरकारले समिति गठन गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री देवेन्द्र दाहालले आइतबार पाँच सदस्यीय अध्ययन तथा छानबिन समिति गठन गरेका हुन्।
सडक विभागका उपमहानिर्देशक ललिजन खनालको संयोजकत्वमा गठित समितिमा संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय दमकका प्रमुख विनोदकुमार मौवार, सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जीवेन्द्र मिश्र, दमक डिभिजन प्रमुख श्यामकुमार यादव र सडक विभागका सीडीई अमितकुमार बर्मा सदस्य रहेका छन्।
समितिलाई सो पुल भत्किनुको कारण, भविष्यमा यस्ता घटना हुन नदिन अपनाउनु पर्ने सुझाव तथा सो स्थानमा तत्काल अस्थायी रूपमा यातायात सञ्चालन गर्ने विषयमा समेत स्थलगत अध्ययन तथा छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यभार दिइएको छ। समितिले आइतबार नै काम शुरू गर्नेछ।
मन्त्री दाहालले घाइतेको उपचारमा कमी हुन नदिन व्यवस्था मिलाउन मन्त्रालयका सचिव केशवकुमार शर्मा तथा सडक विभागका महानिर्देशक डा. विजय जैसीलाई निर्देशनसमेत दिएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
