रास्वपाको नाराबाजी, राप्रपाको बैठक बहिष्कार र सत्ता पक्षका सांसदको न्यून उपस्थितिका कारण प्रतिनिधिसभामा अधिकांश कुर्सी खाली देखिएका छन्।
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अवरोध र नाराबाजीका बाबजुद प्रतिनिधिसभाको बैठक अघि बढेको छ। रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठनको माग गर्दै रोस्टमअगाडि नाराबाजी गरिरहेको छ।
सभामुख देवराज घिमिरेले बैठक शुरू गर्नासाथ रास्वपा र राप्रपाका सांसदले उठेर विरोध जनाएका थिए। सभामुखले आकस्मिक समयमा बोल्नका लागि नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई समय दिएपछि रास्वपाले आपत्ति जनाउँदै नाराबाजी शुरू गरेको थियो।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही र नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले नाराबाजी भइरहेका बेला संसद् बैठक अगाडि नबढाउन सभामुखलाई आग्रह गरे। शाहीले, “संसद्मा आन्दोलन भइरहँदा यसरी संसद् चलाउनु के उचित हुन्छ? यसरी संसद् चलाउनु संसदीय अभ्यास होइन, यो दादागिरी हो, दादागिरी बन्द गर्नूस,” भन्दै विरोध जनाए।
यस्तै, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पनि अर्थमन्त्रीले बजेटमाथि महत्त्वपूर्ण कुरा राखिरहेका बेला प्रतिपक्षी दलको नाराबाजीले सुन्न नसकेको भन्दै बैठक स्थगित गरी सहमति गरेर मात्रै अगाडि बढाउन माग गरे।

तर, सभामुख घिमिरेले उनीहरूको आग्रहलाई बेवास्ता गर्दै बैठकको कार्यसूची अगाडि बढाएका छन्। उनले राष्ट्रियसभाबाट पारित भएको विधेयकको सन्देश सुनाउनुका साथै आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफलका लागि अर्थमन्त्री विष्णु पौडेललाई प्रस्ताव प्रस्तुत गर्न समय दिए।
अहिले रास्वपाका सांसद नाराबाजी गरिरहेका छन् भने अन्य दलका सांसद बजेटमाथि आफ्नो धारणा राखिरहेका छन्। रास्वपाको नाराबाजी, राप्रपाको बैठक बहिष्कार र सत्ता पक्षका सांसदको न्यून उपस्थितिका कारण प्रतिनिधिसभामा अधिकांश कुर्सी खाली देखिएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
