यी हुन् एमालेबाट सरकारमा जाने चार मन्त्री

नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेलेको नेतृत्वमा चार जना मन्त्रीले शपथ लिने भएका छन्।

काठमाडौँ– नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सोमबार चार जना मन्त्रीले शपथ लिने भएका छन्।

एमालेका एक शीर्ष नेताका अनुसार पौडेलको नेतृत्वमा दामोदर भण्डारी, ज्वालाकुमारी साह र राजेन्द्रकुमार राईले शपथ लिन लागेका हुन्।

मन्त्रालयको भने टुंगो लागिसकेको छैन। बालकोटमा बसेको शीर्ष नेताहरूको बैठकले यस्तो सहमति गरेको ती नेताले जानकारी दिए।

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्रिपरिषद् गठन गर्ने तयारी छ। आइतबार प्रधानमन्त्री नियुक्त भएका दाहालले सोमबार ४ बजे शपथ लिने तयारी छ।