आइतबार नेप्से परिसूचक ०.४७ अंकले बढेर २६५५.८५ को बिन्दुमा कायम भएको छ।
काठमाडौँ– यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा झिनो अंकको सुधार देखिँदा कारोबार रकम बढेको छ। आइतबार नेप्से परिसूचक ०.४७ अंकले बढेर २६५५.८५ को बिन्दुमा कायम भएको हो।
यस दिन ३०८ कम्पनीको दुई करोड ५३ लाख ९३ हजार ७६२ कित्ता शेयर ९५ हजार ३७४ पटक खरिदबिक्री हुँदा ११ अर्ब ४४ करोड ३२ लाख ७२ हजार ६३६ रुपैयाँ कारोबार भएको नेप्सेले जनाएको छ ।
यस दिनको कारोबारमा विकास बैंक समूह ०.४८, जलविद्युत् ०.९६, उत्पादन तथा प्रशोधन १.४७, निर्जीवन बीमा ०.०७ र व्यापार समूह १.०८ प्रतिशतले बढेका छन् भने अरू सबै समूहको उपसूचक घटेको छ।
बैंकिङ ०.४४, वित्त ०.५९, होटल तथा पर्यटन ०.०६, लगानी ०.७६ र जीवन बीमा ०.५४ प्रतिशतले घटेका छन्। त्यस्तै, लघुवित्त ०.३१, म्युचुअल फन्ड ०.४१ र अन्य समूह ०.४६ प्रतिशतले घटेका हुन्।
ग्रिन डेभलपमेन्ट बैंक, पियोर इनर्जी र छ्याङ्दी हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। नेपाल हाइड्रो डेभलपर्सको शेयर मूल्य सबैभन्दा बढी ४.४३ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा यस दिन सबैभन्दा बढी सानिमा माई हाइड्रोपावरको ८९ करोड एक लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा बढी ङादी ग्रुप पावरको २० लाख ७५ हजार १९७ कित्ता शेयर खरिदबिक्री भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
