आयोजना बैंक नै सार्वजनिक नगरेर सरकारले बजेट ल्याएका कारण विवाद भएको र यसमा सहमति जुट्न नसकेपछि बैठक बस्न नसकेको माओवादी केन्द्र, कर्णाली प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले बताए।
कर्णाली– कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्ने दिन आइतबार प्रदेशसभाको बैठक बस्न सकेको छैन। कर्णालीमा सरकार र प्रतिपक्षबीचको विवादले आइतबार दिउँसो ३ः०० बजे बस्ने भनिएको प्रदेशसभाको बैठक बस्न नसकेको हो।
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र, कर्णाली प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले आयोजना बैंक नै सार्वजनिक नगरेर सरकारले बजेट ल्याएका कारण विवाद भएको र यसमा सहमति जुट्न नसकेपछि बैठक बस्न नसकेको बताए। मन्त्रीले आफ्नो निर्वाचन क्षेत्रभन्दा अन्य जिल्लाको योजनासमेत आफैँले पेश गरेको पाइएको उनको भनाइ छ।
“सरकारले एकलौटी तरिकाले आफूखुसी बजेट ल्याएको छ। आयोजना बैंकका नाममा ल्याएको यो बजेट अपारदर्शी छैन, आयोजना बैंकमा के–कस्ता योजना छन् भन्नेबारे समेत थाहा छैन,” उनले भने।
प्रमुख प्रतिपक्षी दललाई थाहा नदिएर ल्याइएको बजेटले ‘अवैध र चोर बाटो’ अँगालेको मात्र नभई आग्रह–पूर्वाग्रहपूर्ण तरिकाले आफ्ना योजना मात्र समावेश गर्ने गरेको उनको आरोप छ।
कर्णाली प्रदेशसभा सचिवालयका प्रवक्ता नेत्र खत्रीले विवाद सुल्झाउन कार्य व्यवस्था परामर्श समितिको बैठक बसे पनि प्रतिपक्षी दल र सरकारबीच सहमति हुन नसकेको जानकारी दिए। उनका अनुसार अब प्रतिपक्षी दल र सत्ता गठबन्धन दलका शीर्ष नेतृत्वबीचको छलफलबाट निकास निस्कने उनले विश्वास व्यक्त गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
