परराष्ट्र मन्त्रालयले दुई देशबीचको द्वन्द्वलाई नजिकबाट नियालिरहेको र त्यहाँ रहेका नेपालीको सुरक्षा सुनिश्चितताका लागि आवश्यकताअनुसार उपयुक्त कदम चालिने जनाएको छ।
काठमाडौँ – नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बासले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई इजरायलमा रहेका नेपालीहरूको सुरक्षा अवस्थाबारे जानकारी गराएका छन्।
इरान र इजरायलबीच जारी द्वन्द्व र विकसित परिस्थितिका बारेमा सोमबार परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा राजदूत बासले यस्तो जानकारी गराएका हुन्।
सो अवसरमा परराष्ट्रमन्त्री डा. राणाले इजरायलमा रहेका नेपालीको अवस्थाका बारेमा चासो व्यक्त गर्दै उनीहरूलाई पर्न सक्ने आवश्यक सहायता र सुरक्षित अवस्थाका लागि राजदूत बासमार्फत इजरायल सरकारलाई आग्रह गरेकी थिइन्।
त्यस अवसरमा राजदूत बासले हाल त्यहाँस्थित नेपालीहरू सुरक्षित रहेको जानकारी गराएका हुन्।
यसअघि आइतबार मात्रै परराष्ट्र मन्त्रालयले विज्ञप्ति प्रकाशन गरी इजरायल र इरानमा रहेका नेपालीहरू सुरक्षित रहेको जानकारी गराएको थियो।
पछिल्ला केही दिन इरान र इजरायलबीच विकसित घटनाक्रमका सन्दर्भमा मन्त्री डा. राणाले तेलअभिभ र दोहास्थित नेपाली राजदूतहरूलाई आइतबार टेलिफोन सम्पर्क गरी त्यहाँस्थित नेपाली नागरिकको सुरक्षामा ध्यान दिन निर्देशन दिएकी थिइन्।
मन्त्रालयले दुई देशबीचको द्वन्द्वलाई नजिकबाट नियालिरहेको र त्यहाँ रहेका नेपालीको सुरक्षा सुनिश्चितताका लागि नेपाल सरकारले आवश्यकताअनुसार उपयुक्त कदम चाल्ने विज्ञप्तिमा स्पष्ट पारेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
