सोमबार नेप्से परिसूचक २.८० अंकले बढेर २६५८.६६ विन्दुमा कायम भएको हो।
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ। यस दिन नेप्से परिसूचक २.८० अंकले बढेर २६५८.६६ विन्दुमा कायम भएको हो।
यस दिन ३१८ कम्पनीका तीन करोड ३६ लाख ३७ हजार ९६६ कित्ता शेयर एक लाख पाँच हजार ६३५ पटक खरिदबिक्री हुँदा १३ अर्ब १८ करोड ६९ लाख ४५ हजार ७४२ रुपैयाँ बराबरको कारोबार भएको छ।
आजको कारोबारमा वित्त समूह १.२२, जलविद्युत् १, लगानी ०.१३ उत्पादन तथा प्रशोधन ०.३ र अन्य समूह ०.३३ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ ।
सबैभन्दा धेरै होटल तथा पर्यटन समूहको उपसूचक ४.६९ प्रतिशतले बढेको छ। बैंकिङ ०.४८, विकास बैंक ०.२९, जीवन बीमा ०.१२, लघुवित्त ०.५९, म्युचुअल फन्ड ०.३५, निर्जीवन बीमा ०.२५ र व्यापार समूह ०.०९ प्रतिशतले बढेको छ।
आजको कारोबारमा पिओर इनर्जी र पिपुल्स पावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने अपर हेवाखोला हाइड्रोपावरको शेयर मूल्य ७.५८ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सानिमा माई हाइड्रोपावरको ९५ करोड १६ लाख २२ हजार ६८७ बराबरको शेयर किनबेच भएको छ। त्यस्तै, खरिदबिक्री भएका शेयर संख्याका आधारमा आज सबैभन्दा धेरै हिमालयन ८०–२० को २७ लाख एक हजार ८०० कित्ता शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
