१ वर्ष ६ महिना गृह मन्त्रालयको नेतृत्व गरेका बालकृष्ण खाँणले सफलतापूर्वक मन्त्रालयको कार्यभार सम्हालेको दाबी गरेका छन्। स्थानीय तह र आमनिर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा आफू खुसी रहेको उनले बताए।
काठमाडौँ– निवर्तमान गृहमन्त्री बालकृष्ण खाँणले पुष्पकमल दाहाल नेतृत्वको नयाँ सरकार बन्ने प्रक्रियालाई आफूले सहजतापूर्वक लिएको बताएका छन्। सोमबार मन्त्रालयमा आयोजित आफ्नो बिदाइ भेटमा बोल्दै कांग्रेस नेता खाँणले नयाँ सरकार गठन प्रक्रियालाई देशले पनि सहजतापूर्वक लिनुपर्ने बताएका हुन्।
"आम निर्वाचनपछि सरकार निर्माण गर्ने प्रक्रियामा केही परिवर्तनहरू पनि भएका छन्। गठबन्धनमा परिवर्तन पनि भएको छ। यसलाई देशले सहजतापूर्वक नै लिनुपर्दछ", उनले भने।
खाँणले सरकार भनेको सरकारकै निरन्तरता भएकाले नयाँ सरकारलाई पनि सहयोग गर्न कर्मचारीलाई सचेत गराए। "हामीले हिजोको सरकारको निरन्तरतालाई नै अगाडि बढाएको हो। अब आउने नयाँ सरकारले पनि त्यसैलाई निरन्तरता दिएर जान्छ। त्यस कारणले सरकारलाई सहयोग गर्नु हामी सबैको साझा दायित्व हो", उनले भने।
खाँणले राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत नै रहे पनि फरक नपर्ने अनुभूतिसमेत सुनाए। प्रधानमन्त्री कार्यालयमा रहेको सो विभागलाई गृह मन्त्रालय मातहत ल्याउन दबाब परिरहेका बेला उनले जहाँ रहे पनि फरक नपर्ने प्रतिक्रिया दिएका हुन्।
"यो राष्ट्रिय अनुसन्धान विभाग कहाँ छ? यसको अफिस त मैले देखेको पनि छु। यो गृह मन्त्रालय मातहत छ कि प्रधानमन्त्री कार्यालय मातहत त? त्यसको भिन्नताचाहिँ मैले आफ्नो कार्यकालमा भेटिनँ", उनले भने।
खाँणले गृह मन्त्रालयमा स्रोत र साधनको भने कमी रहेको औँल्याउँदै त्यसको बन्दोबस्त गर्न आवश्यक रहेको पटक-पटक दोहोर्याए। खाँणले १ वर्ष ६ महिना १२ दिन गृह मन्त्रालयको नेतृत्व गरेका थिए। त्यसलाई सफलतापूर्वक सञ्चालन गरेको उनको दाबी छ। स्थानीय तहको निर्वाचन र आमनिर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा आफू खुसी रहेको खाँणले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
