राप्रपाका महामन्त्री धवलशमशेर राणा काठमाडौँ जिल्ला अदालतको आदेशपछि तीन लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।
काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री एवं प्रतिनिधिसभा सदस्य धवलशमशेर राणा सोमबार काठमाडौँ जिल्ला अदालतको आदेशपछि तीन लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। जिल्ला न्यायाधीश शिवप्रसाद खनालको एकल इजलासले थुनछेक बहसपछि राणालाई धरौटीमा छाड्ने आदेश दिएको हो।
सोमबार बिहान राणा स्वयं अदालतमा उपस्थित भई बयान दिएका थिए। त्यसपछि भएको थुनछेक बहसका क्रममा राणाका तर्फबाट डा. भीमार्जुन आचार्य, सतिशकृष्ण खरेल, गोविन्द बन्दी, विष्णु भट्टराई र राजु बस्नेतलगायतका कानूनी व्यवसायीले बहस गरेका थिए। सरकारी पक्षबाट चार जना सरकारी वकिलले प्रतिवाद प्रस्तुत गरेका थिए।
राणा ‘तीनकुने घटना’मा संलग्न रहेको आरोपमा गत चैत १५ गते पक्राउ परेका थिए। उमेर र स्वास्थ्य अवस्थाका कारण वैशाख ७ गते उनी हाजिरी जमानीमा छुटेका थिए। अभियोजन प्रक्रिया अघि बढाउँदा उनी अदालतमा उपस्थित नभएकोमा सोमबार भने स्वयं हाजिर भएका हुन्।
यसै प्रकरणमा राणासँगै पक्राउ परेर हाजिरी जमानीमा छुटेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र भने अदालतमा उपस्थित भएका छैनन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
