पाल्पाको पूर्वखोला गाउँपालिका–५ मा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
पाल्पा– पूर्वखोला गाउँपालिका–५ मा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
सोमबार साँझ आर्यभञ्ज्याङदेखि रामपुरतर्फ जाँदै गरेको अण्डा बोकेको लु१च ६७५६ नम्बरको बोलेरो जिप वीरकोटस्थित आर्यभञ्ज्याङ–रामपुर कच्ची सडकखण्डमा दुर्घटना भएको हो।
दुर्घटनामा परी सवारी धनी बगनासकाली गाउँपालिका–१ गाप्टुङ घर भई हाल बुटवल उपमहानगरपालिका–११ मझुवा बस्दै आएका विनोद ढुंगाना र अर्का नाम थर नखुलेका पुरुषको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लका अनुसार ढुंगानाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा र अर्का एक जनाको मिसन अस्पताल पाल्पामा मृत्यु भएको हो।
दुर्घटनामा चालक बुटवल उपमहानगरपालिका–११ का राजु खड्का गम्भीर घाइते भएका छन्। खड्काको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ।
गाडी सडकदेखि ३०० मिटर तल खसेको छ। दुर्घटनाको कारण भने खुल्न सकेको छैन। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
