सडक कालोपत्रका लागि २०७७ भदौमा ठेक्का लागेको थियो। २०७९ फागुनमा सक्नुपर्ने सडकको काम दुई पटक थपिएको म्याद सकिँदासमेत पूरा भएको छैन। ठेकेदार काम छाडेर हिँडेका छन्।
सिरहा– गोलबजार–लगडी–गदियानी सडक कालोपत्र पाँच वर्षसम्म पूरा भएको छैन। सिरहा नगरपालिका, अर्नमा गाउँपालिका र गोलबजार नगरपालिकालाई जोडने २८ किलोमिटर कालोपत्र नहुँदा यस क्षेत्रका बासिन्दाका लागि हिलो र धुलो नियतिजस्तै बनिसकेको छ।
दुई वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण शुरू भएको सडक लामो समयदेखि अलपत्र रहेको स्थानीय जगेश्वर यादवले बताए। “ठेकेदारले सडक छेउ खनेर त्यसै छाडेका छन्। अहिले कता गए पत्तो छैन। बर्खामा हिलो र हिउँदमा धुलो खेप्न बाध्य छौँ,” उनले भने।
सिरहा क्षेत्र नं ३ मा पर्ने यो सडक हरेक चुनावमा चुनावी मुद्दा बन्ने गर्छ। तर, चुनावसँगै यो मुद्दा हराएर जाने गरेको अर्नमा गाउँपालिका–३ का सिकेन्द्र यादवले बताए। हुलाकी सडक निर्देशनालय, योजना कार्यालय जनकपुरले सडक निर्माण गरिरहेको छ। ट्रयाक खोलेर सडक कालोपत्रका लागि २०७७ साल भदौमा ठेक्का लागेको थियो। २०७९ फागुन २३ भित्र काम सम्पन्न हुने सम्झौता थियो। अहिलेसम्म सडकका केही ठाउँमा नाला बनाउन र ग्राभेल हाल्नबाहेक काम भएको छैन।
निर्देशनालयले २०८० फागुन २२ र २०८१ साल फागुन २२ सम्म एक–एक वर्ष गरी दुईपटक म्याद थप गरिदिएको छ। यो म्याद सकिसक्दा पनि सडकको भौतिक प्रगति करिब २८ प्रतिशत मात्र रहेको निर्देशनालयका प्रमुख कृष्णकुमार महतोले जानकारी दिए। पुनः ठेकेदार कम्पनीलाई एक वर्षको म्याद थप्ने प्रक्रिया अगाडि बढाइएको उनले बताए। भने, “आशा गरौँ, यो अवधिभित्र काम सम्पन्न हुन्छ, भएन भने हामी ठेकेदारलाई कारबाही गर्ने प्रक्रियातर्फ अगाडि बढ्छौँ।”
ठेकेदार कम्पनी र निर्देशनालयको बेवास्ताका कारण यहाँका सर्वसाधारणले सास्ती भोग्नुपरेको अर्नमा गाउँपालिकाका अध्यक्ष अशोक यादवको गुनासो छ। समयमै काम सम्पन्न गर्न ठेक्का लिएको निर्माण व्यवसायी कम्पनीलाई अनुरोध गरे पनि अहिले उनीहरू सम्पर्कमै आउन छाडेको अध्यक्ष यादवले बताए।
सडक निर्माणका लागि ९१ करोड ३९ लाख रुपैयाँमा ठेक्का लगाइएको थियो। अहिलेसम्म २५ करोड ४९ लाख रुपैयाँ भुक्तानी भइसकेको निर्देशनालयले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
