बेनी–जोमसोम–कोरला सडक स्तरोन्नति भएसँगै मुस्ताङमा पर्यटकको आगमन बढेको छ। ११ महिना स्वदेशी तथा विदेशी पर्यटक गरी ६ लाख ७८ हजार पर्यटकले मुस्ताङ भ्रमण गरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
मुस्ताङ– बेनी–जोमसोम–कोरला सडक स्तरोन्नति भएसँगै मुस्ताङमा पर्यटकको आगमन बढेको छ। कोरला सडकको म्याग्दी र मुस्ताङ खण्डमा दुई तिहाइ सडक बढेको हो।
मुस्ताङ धार्मिक तथा पर्यटकीय दृष्टिले देशको प्रमुख गन्तव्य हो। मुक्तिनाथ मन्दिर, कागबेनीधाम र दामोदरकुण्ड मुख्य धार्मिकस्थल हुन्।
यसैगरी, उपल्लो मुस्ताङको लोमान्थाङ दरबार, कोरलानाका, ढुम्बाताल, घर गुम्बा, मार्फा, जोमसोम बजार यहाँका पर्यटकीय गन्तव्य हुन्। पृथक् भूगोल, प्राकृतिक सौन्दर्य, जैविक विविधता, प्राचीन गुम्बा तथा मठमन्दिरका साथै यहाँका धार्मिक, सामाजिक, सांस्कृतिक सम्पदाले जुनसुकै उमेरका मानिसलाई आकर्षित गर्दै आएको छ।
विगत पाँच वर्षको पर्यटकीय तथ्यांक तुलना गर्दा मुस्ताङमा दोब्बरले पर्यटक बढेका पाइएको छ। चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि जेठसम्मको ११ महिना अवधिमा स्वदेशी तथा विदेशी पर्यटक गरी ६ लाख ७८ हजार ५३६ जना पर्यटकले मुस्ताङ भ्रमण गरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
गत आवमा चार लाख ५४ हजार ३२६ जना स्वदेशी तथा विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए।
चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म स्वदेशी पाँच लाख ३९ हजार ८७२ जना र ७२ देशका एक लाख ३८ हजार ६६४ विदेशी मुस्ताङ आएका हुन्। गत वर्ष तीन लाख ५४ हजार ९२७ नेपाली र ९९ हजार ३९९ विदेशी यहाँ आएका हुन्।
चालु आर्थिक वर्षको साउनदेखि जेठ महिनासम्ममा स्वदेशी पर्यटकतर्फ सबैभन्दा धेरै कात्तिक महिनामा ९९ हजार १७६ जना र चैत महिनामा ८९ हजार ३४४ जनाले मुस्ताङको भ्रमण गरेका उक्त कार्यालयको अभिलेखमा उल्लेख छ।
यसैगरी, विदेशी पर्यटकतर्फ सबैभन्दा धेरै जेठ महिनामा २८ हजार ३७२ जना र वैशाख महिनामा २६ हजार २९ जनाले मुस्ताङ भ्रमण गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
