विरोध कार्यक्रमबाट फर्किँदै गर्दा वालिङ नगरपालिका–१० का वडाध्यक्ष सुनील खनालसहितका व्यक्तिले आफूहरूमाथि आक्रमण गरेको नदी संरक्षण अभियन्ता दिनकर नेपालको भनाइ छ।
काठमाडौँ– स्याङ्जाको वालिङ नगरपालिका–१० का वडाध्यक्ष सुनील खनालले नदी संरक्षण अभियन्ता दिनकर नेपाल र मेघ आलेमाथि आक्रमण गरेका छन्।
विरोध कार्यक्रमबाट फर्किँदै गर्दा वडाध्यक्ष खनाल र अर्का एक व्यक्तिले वालिङ–९, सुर्कौदीमा आफूमाथि आक्रमण गरेको नेपालले बताए।
उनले आफूहरू चढेको मोटरसाइकल रोकेर फलामको रडले प्रहार गरिएको बताएका छन्। रड प्रहारबाट उनको टाउकोमा लगाएको हेल्मेट फुटेको छ भने हातमा चोटपटक लागेको छ।
“हामीलाई रोकेर रडले प्रहार गर्दा हातमा लागेको छ। हात सुनिएको छ। हेल्मेटमा लागेर सिसा फुटेको छ,” उनले भने।
यसअघि खनालले आधी खोलाको दोहनबारे आवाज उठाउँदा आफूलाई धम्की दिएको नेपालले बताए।
त्यसबाट असुरक्षित महसुस गरेर प्रहरीमा उजुरी गर्न जाने क्रममा आफूहरूमाथि आक्रमण भएको उनको दाबी छ।
“उत्खनन नीति प्रक्रियाअनुसार भएको हो कि होइन र वातावरणीय प्रभाव मूल्यांकन भएको छ कि छैन भनेर खोज्ने प्रयास गरेका थियौँ। हामीले व्यक्तिगत रूपमा कसैलाई प्रहार गर्न खोजेका होइनौँ,” उनले भने, “तर उल्टै हामीमाथि प्रहार भएको छ।”
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले कुटपिटमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका प्रहरी उपरीक्षक दधिराम न्यौपानेका अनुसार कुटपिटको सूचना प्राप्त गरेलगत्तै उक्त घटनामा संलग्नहरूको खोजी थालिएको हो।
“लिखित उजुरी आइसकेको छैन। भिडियोमै उहाँहरूमाथि कुटपिट भएको भन्ने प्रस्ट देखिन्छ,” उनले भने, “कुटपिट गर्ने व्यक्तिको खोजी जारी छ। घटनामा संलग्न जो कोही भए पनि कानूनी कारबाही हुन्छ।”
कुटपिटबाट घाइते भएका नेपाललाई थप उपचारका लागि पोखरा पठाइएको छ भने आले डिस्चार्ज भइसकेको उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
