बेलबारी–११, भाङबारीका किसान वीरेन्द्र खत्री भन्छन्, ‘भण्डारणको समस्याले गर्दा पनि धान सस्तोमा बेच्नुपरेको छ, धानको भूसको मूल्य ८०० रुपैयाँ मन हुँदा चैतेधान ६०० रुपैयाँ छ।’
मोरङ– मोरङमा चैतेधान उत्पादनमा वृद्धि भएको छ। गत वर्षभन्दा यस वर्ष दुई हजार ४२२ मेट्रिक टन बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र मोरङले जनाएको छ।
चैतेधानको उत्पादन बढे पनि मूल्यमा गिरावटका कारण किसान चिन्तित बन्नुपरेको छ। जिल्लामा गत वर्ष ९८ हजार ९५२ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष वृद्धि भई एक लाख एक हजार ३७४ मेट्रिक टन उत्पादन भएको हो।
गत वर्ष १७ हजार ६७० हेक्टर जमिनमा चैतेधान लगाइएकोमा यस पटक वृद्धि भई १७ हजार ७५५ हेक्टर पुगेको कृषि ज्ञान केन्द्र मोरङको प्रमुख दिपा देवले बताइन्।
अघिल्लो साल चैतेधानको मूल्य प्रतिमन एक हजार २०० रुपैयाँसम्म पुगेकोमा यस वर्ष आधा घटेर प्रतिमन ६०० मा कारोबार भइरहेको बेलबारी–९ का धान काँटा व्यवसायी हरेराम शाहले जानकारी दिए।
चैतेधानले लगानी पनि नउठेको गुनासो गर्दै बेलबारी ११ भाङबारीका किसान वीरेन्द्र खत्रीले भने, “भण्डारणको समस्याले गर्दा पनि धान सस्तोमा बेच्नुपरेको छ, धानको भूस ८०० रुपैयाँ मन हुँदा चैतेधान ६०० रुपैयाँ छ।”
कृषि ज्ञान केन्द्रका अनुसार १७ पालिकामध्ये सुन्दरहरैचा, बेलबारी, पथरीसनिश्चरे, उर्लाबारी, कानेपोखरी, रतुवामाई, सुनवर्षी, रङ्गेली र जहदाका किसानले विशेषगरी चैतेधानको खेती गर्ने गरेका छन्। चैतेधानमा हर्दिनाथ १, चैते ५, चैते ६ र राम धान किसानले रोप्ने गरेको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
