कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

दिउँसो देशभर साधारणतया बदली रही हल्कादेखि मध्यम वर्षा हुनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।

काठमाडौँ– कोशी, मधेश, बागमती र गण्डकीका तथा लुम्बिनीका पूर्वी भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ। पश्चिमी भागमा पश्चिमी तथा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ। भारतको पश्चिम बंगाल आसपास बनेको न्यूनचापीय क्षेत्रकोसमेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले दिउँसो देशभर साधारणतया बदली रही हल्कादेखि मध्यम वर्षा हुनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

महाशाखाका अनुसार राति देशभर साधारणतया बदलीदेखि पूर्णयता बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। 

कोशी, मधेश, गण्डकी र लुम्बिनीका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।