तेल कम्पनी र ऊर्जा विशेषज्ञले द्वन्द्व अझै चर्किएको अवस्थामा यसले विश्वव्यापी ऊर्जा पूर्वाधारमा ठूलो असर पार्न सक्ने बताएका छन्।
इजरायल र इरानबीचको द्वन्द्व चर्किँदै जाँदा विश्व बजारमा तेलको मूल्य वृद्धि भएको छ। मंगलबार न्युयोर्क र लन्डनका तेल बजारमा यसको प्रभाव देखिएको हो।
न्युयोर्क मर्कन्टाइल एक्सचेन्जमा जुलाई डेलिभरीका लागि वेस्ट टेक्सास इन्टरमिडिएटको मूल्य ३.०७ अमेरिकी डलरले बढेर प्रतिब्यारेल ७४.८४ डलरमा पुगेको छ। उता लन्डनस्थित आईसीई फ्युचर्स एक्सचेन्जमा अगस्ट डेलिभरीको लागि ब्रेन्ट क्रुडको मूल्य ३.२२ डलरले बढेर ७६.४५ डलरमा स्थिर भएको छ।
विश्व बजारमा देखिएको यो मूल्य वृद्धिको मुख्य कारण इजरायलले इरानमा गरेको आक्रमणलाई मानिएको छ। यद्यपि इरानको तेल उत्पादनमा तत्काल असर परेको छ या छैन भन्ने समाचारमा जनाइएको छैन।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले आफ्नो मासिक प्रतिवेदनमा विश्व तेल बजारमा अनिश्चितता बढेको चेतावनी दिएको छ। “सन् २०२५ मा मागभन्दा बढी आपूर्ति हुने र सन् २०३० सम्म बजार स्थिर हुने अपेक्षा गरिएको भए पनि, भूराजनीतिक तनावले तेल बजारमा गम्भीर अन्योल ल्याएको छ,” एजेन्सीले भनेको छ।
तेल कम्पनी र ऊर्जा विशेषज्ञले द्वन्द्व अझै चर्किएको अवस्थामा यसले विश्वव्यापी ऊर्जा पूर्वाधारमा ठूलो असर पार्न सक्ने बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
