मेसिन बिग्रिएपछि १ वर्षदेखि राप्ती प्रादेशिक अस्पतालको ‘सिटीस्क्यान’ सेवा प्रभावित

२०७७ सालमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले उक्त मेसिन उपलब्ध गराएको थियो। त्यसपछि अस्पतालमा सिटीस्क्यान सेवा शुरू भएको थियो।

तुलसीपुर– राप्ती प्रादेशिक अस्पतालको सिटीस्क्यान मेसिन बिग्रिएपछि सेवा प्रभावित भएको छ। एक वर्षअघि बिग्रिएको मेसिन मर्मत नहुँदा सेवा प्रभावित भएको हो। 

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीले सिटीस्क्यान बिग्रिएको जानकारी दिए। उनका अनुसार उक्त मेसिन मर्मत हुन नसक्ने प्राविधिकले बताएका छन्।

२०७७ सालमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले उक्त मेसिन उपलब्ध गराएको थियो। त्यसपछि अस्पतालमा सिटीस्क्यान सेवा शुरू भएको थियो। मेसिन ३ करोड रुपैयाँमा खरिद भएको थियो।