जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सुनकोशी नदी र यसका सहायक नदीमा बाढीको सम्भावना रहेको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ।
काठमाडाैँ– जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सुनकोशी नदी र यसका सहायक नदीमा बाढीको सम्भावना रहेको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ।
भोटेकोशी नदी बग्ने तिब्बत क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेकोबारे चीनको प्रहरी कार्यालयबाट सूचना प्राप्त भएको कार्यालयले जनाएको छ। यसले गर्दा भोटेकोशी र सुनकोशी नदीमा बाढीको खतरा हुनसक्ने भन्दै तल्लो तटका बासिन्दालाई असार ७ गतेसम्म सतर्कता अपनाउन कार्यालयले सूचित गरेको हो।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका, चौतारा साँगाचोकगढी नगरपालिका, बाह्रविसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका सुनकोशी गाउँपालिकाको नदी आसपासका क्षेत्रमा बाढीको खतरा देखिएको सूचनामा उल्लेख छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणले पनि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको सूचनाअनुसार सावधानी अपनाउन आग्रह गरेको छ। सकेसम्म नदी किनारामा नजान, सावधानी अपनाउन तथा बेलाबेला सूचना लिइरहन प्राधिकरणको अनुरोध छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
