बुधबार नेप्से १.०७ अंकले घटेर २ हजार ६५३.६८ को विन्दुमा कायम भएको छ। नेप्से घटे पनि कारोबार रकम भने बढेको छ।
काठमाडाैँ– शेयरबजार परिसूचक नेप्से बुधबार सामान्य घटेको छ। आज नेप्से १.०७ अंकले घटेर २ हजार ६५३.६८ विन्दुमा झरको हो। त्यस्तै, आज सेन्सेटिभ इन्डेक्स ०.०१ अंक बढेको छ।
नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात् मंगलबार साढे ७ अर्ब रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा बुधबार भने ३१४ कम्पनीको २ करोड ३४ लाख ४६ हजार कित्ता शेयर खरिदबिक्री हुँदा ९ अर्ब ८ करोड ५८ लाख ८६ हजार रुपैयाँबराबरको कारोबार भएको छ।
पियोर इनर्जीको शेयर निरन्तर १२ औँ कारोबार दिन सकारात्मक सर्किट तहमा कारोबार हुँदै प्रतिकित्ता १ हजार २०७ रुपैयाँ पुगेको छ। त्यस्तै, जोशी हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशत तथा युनियन हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ।
कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक १० प्रतिशत घटेको छ।
१३ उपसमूहमध्ये आज ५ उपसमूहको परिसूचक बढ्दा ८ उपसमूहको परिसूचक घटेको छ। जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फन्ड र अन्य उपसमूहको परिसूचक सामान्य बढेको हो। यस्तै, विकास बैंक र होटल तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा धेरै घटेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
