पाकिस्तानले आफ्नो सरकारी स्वामित्वको एअरलाइन्स, पाकिस्तान इन्टरनेसनल एअरलाइन्स (पीआईए) बेच्ने तयारी गरिरहेको छ।
काठमाडाैँ– पाकिस्तानले आफ्नो सरकारी स्वामित्वको एअरलाइन्स, पाकिस्तान इन्टरनेसनल एअरलाइन्स (पीआईए) बेच्ने तयारी गरिरहेको छ।
समाचार एजेन्सी रोयटर्सले स्रोतहरूलाई उद्धृत गर्दै पाकिस्तानका दुई ठूला व्यापारिक समूहहरू र पाकिस्तानी सेनाद्वारा समर्थित एक कम्पनीले पीआईएको लागि बोली लगाउने जनाएको छ। पीआईएको बिक्री पाकिस्तानमा विगत दुई दशकमा सबैभन्दा ठूलो निजीकरण हुनेछ।
यससँगै सरकारी उद्यमहरूको निजीकरणको प्रक्रिया शुरू हुने सरकारले आशा गरेको छ। वास्तवमा, पाकिस्तानलाई बेलआउट प्याकेज दिँदा, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले घाटामा रहेका सरकारी उद्यमहरू बेच्नुपर्ने शर्त राखेको थियो।
सरकारले गत वर्ष पनि एअरलाइन्समा रहेको आफ्नो हिस्सेदारी बेच्ने प्रयास गरेको थियो तर एअरलाइन्सको कमजोर अवस्था र बिक्रीमा संलग्न सर्तहरूका कारण त्यो हुन सकेन। तर गत वर्ष ती सर्तहरूमा पुनर्संरचना गरिएको थियो। लगानीकर्ताहरूका लागि यसलाई अझ आकर्षक बनाउन यसको पुरानो ऋणको ८० प्रतिशत सरकारलाई हस्तान्तरण गरिएको थियो।
विज्ञहरूका अनुसार यस पटक कर प्रोत्साहन मार्फत सम्झौतालाई राम्रो बनाइएको छ र पीआईएको वित्तीय अवस्थामा पनि सुधारको संकेत देखिएको छ।
रोयटर्सका अनुसार, एअरलाइन्समा शतप्रतिशत हिस्सा किन्न बिहीबारसम्म 'इन्ट्रेस्ट एक्सप्रेसन' दिनुपर्नेछ अर्थात् एअरलाइन्स किन्न इच्छुक व्यक्तिले रूचि देखाउनुपर्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
