इजरायल, इरान तथा मध्यपूर्वका अन्य मुलुक भ्रमण वा वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका नेपालीलाई हालको जटिल परिस्थिति कायम रहेसम्म यात्रा नगर्न अनुरोध गरिएको छ।
काठमाडौँ– परराष्ट्र मन्त्रालयले इजरायल र इरानबीचको द्वन्द्वका कारण पछिल्ला केही दिनमा विकसित घटनाक्रमपछि नेपाली नागरिकलाई ती देशमा यात्रासम्बन्धी जानकारी (ट्राभल एडभाइजरी) जारी गरेको छ।
मन्त्रालयले बुधबार विज्ञप्तिमार्फत नेपालबाट इजरायल, इरान वा मध्यपूर्वका अन्य मुलुक भ्रमण वा वैदेशिक रोजगारीमा जान चाहने नेपाली नागरिकका सो जानकारी जारी गरेको हो। हालको जटिल परिस्थिति कायम रहेसम्म इजरायल र इरान तथा मध्यपूर्वका अन्य मुलुकको भ्रमण नगर्न भनिएको छ।
मन्त्रालयले इजरायल र इरानबीच विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताएको छ। त्यहाँ रहेका नेपाली हालसम्म सुरक्षित रहेको र उनीहरूको हितको रक्षा गर्न आवश्यकताअनुसार कदम चालिने जनाइएको छ।
मन्त्रालयले आफ्नो सुरक्षालाई उच्च प्राथमिकतामा राखी तोकेको समय र स्थानमा बाहेक घर वा बंकर/सेल्टरबाट बाहिर ननिस्कन पनि निर्देशन दिएको छ । नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन पनि अनुरोध गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
