दिउँसो देशभर साधारणतया बदलीदेखि पूर्णतय बदली रहनेछ। सबै प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
काठमाडौँ– कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा मनसुनी वायुको प्रभाव रहेको छ। पश्चिम भूभागमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
भारतको पश्चिम बंगाल आसपास बनेको न्यूनचापिय क्षेत्रकोसमेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो देशभर साधारणतया बदलीदेखि पूर्णतय बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा पनि हुनसक्ने छ।
यसैगरी, राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, गण्डकी र लुम्बिनीमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
