विनयी खोलाको डाइभर्सन बगाएपछि र दाउन्नेमा सडक चिप्लो भएका कारण बुधबार रातिदेखि राजमार्ग पुर्ण रूपमा अवरुद्ध भएको छ।
नवलपुर– निरन्तरको वर्षाले पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। विनयी खोलाको डाइभर्सन बगाउँदा र दाउन्नेमा सडक चिप्लो भएका कारण रातिदेखि राजमार्ग अवरुद्ध भएको हो।
पुल नहुँदा विनयी खोलामा डाइभर्सन गरी सवारीसाधन सञ्चालन गरिएकोमा बाढीले डाइभर्सन बगाएको जिल्ला प्रहरी कार्यालयका डीएसपी मधु नेपालले बताए। लगातार परेको पानीका कारण दुम्कीबास–दाउन्ने सडक खण्डको विश्वकर्मा मन्दिर, घ्यूखोलालगायत स्थानमा सडकमा जम्मा भएको हिलो र चिप्लो सडकका कारण सवारीसाधन सञ्चालन गर्न कठिनाइ भएको उनको भनाइ छ।
यसखण्डमा यातायात आवागमनमा सहजता नभएसम्म वैकल्पिक सडक प्रयोग गरी यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।
पूर्वबाट पश्चिमतर्फ जाने सवारीलाई नारायणगढ, मुग्लिङ, पोखरा, स्याङ्जा, बुटवल हुँदै गन्तव्यमा जान आग्रह गरिएको छ। यस्तै काठमाडौँबाट पश्चिम जाने सवारीलाई मुग्लिङ पोखरा, स्याङ्जा, बुटवल हुँदै गन्तव्यतर्फ जान र पश्चिमबाट पूर्व जाने सवारीसाधन बुटवल, स्याङ्जा, पोखरा, मुग्लिङ हुँदै गन्तव्यमा जान सक्नेछन्।
साना सवारीले भने सडकको अवस्था बुझेर कालीगण्डकी करिडोरको गैँडाकोट (नवलपुर) पिपलडाँडा (पाल्पा) सडक प्रयोग गर्न सक्नेछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
