प्रधानमन्त्रीद्वारा आठ सदस्यीय मन्त्रिपरिषद् गठन, उपप्रधानमन्त्रीसहित गृहमन्त्रीमा रवि लामिछाने

उपप्रधानमन्त्री र अर्थमा एमालेबाट विष्णु पौडेल, नेकपा माओवादी केन्द्रबाट उपप्रधानमन्त्रीसहित यातायातमा नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्रीसहित गृहमा रवि लामिछानेले शपथ लिएका छन्। 

तस्वीर : अमित मचामसी/उकालो

काठमाडौँ– नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालसहित आठ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

उपप्रधानमन्त्री र अर्थमन्त्रीमा एमालेबाट विष्णु पौडेल, नेकपा माओवादी केन्द्रबाट उपप्रधानमन्त्रीसहित यातायातमन्त्रीमा नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्रीसहित गृहमन्त्रीमा रवि लामिछानेले शपथ लिएका छन्।

त्यस्तै, नेकपा एमालेबाट ज्वालाकुमारी शाह, दामोदर भण्डारी र राजेन्द्र राई, जनमत पार्टीबाट अब्दुल खानले पनि शपथ लिएका छन्। उनीहरूको कार्यभारपछि तोकिने छ। बाँकी मन्त्रालय प्रधानमन्त्रीले आफैँसँग राखेका छन्।