अविरल वर्षासँगै आएको पहिरोबाट भोटेकोशी–२ को लिपिङ बजारका तीन घरमा पनि क्षति पुगेको छ।
सिन्धुपाल्चोक– भोटेकोशी गाउँपालिकाका तीन ठाउँमा पहिरो जाँदा अरनिको राजमार्ग पूर्ण रूपमा बन्द भएको छ।
इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक जगत्बहादुर राईका अनुसार भोटेकोशी–२ को कोदारी, वडा नं ३ को लार्चा र वडा नं २ कै कोप्लाङमा पहिरो गएको छ।
अहिले सवारी आवागमन पूर्ण रूपमै बन्द भएको छ। सडक भासिँदा तातोपानी नाका हुँदै सञ्चालन हुने कन्टेनर ढुवानी रोकिएको उनले बताए। पहिरो पन्छाउने काम जारी रहेको छ।
यसैबीच, अविरल वर्षासँगै आएको पहिरोबाट भोटेकोशी–२ को लिपिङ बजारका तीन घरमा क्षति पुगेको छ।
पहिरोका कारण स्थानीय पदम श्रेष्ठ, फूलमाया तामाङ र सुनिता श्रेष्ठको घरमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
