शपथ ग्रहण नसकिँदै देउवा शीतल निवासबाट बाहिरिए

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले शपथ ग्रहण गरेलगत्तै निवर्तमान प्रधानमन्त्री देउवा शपथ ग्रहणस्थलबाट बाहिरिएका छन्।

काठमाडौँ– निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्रीको शपथ ग्रहण चलिरहँदा शीतल निवासबाट बाहिरिएका छन्। 

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले शपथ ग्रहण गरेलगत्तै निवर्तमान प्रधानमन्त्री देउवा शपथग्रहणस्थलबाट बाहिरिएका हुन्। 

उनी शपथग्रहण सकिएपछि हुने बधाई तथा शुभकामना कार्यक्रममा समेत सहभागी नभएरै बाहिरिएका हुन्।