युद्धको कूटनीतिक समाधानमा मद्दत पुग्ने आशामा शुक्रबार युरोपेली विदेशमन्त्रीहरूले इरानी समकक्षीसँग वार्ता गर्ने तयारी गरेका छन्।
युद्धको आठौँ दिनमा इजरायली सेनाले इरानको इरानको आणविक हतियार परियोजनाको अनुसन्धान र विकास केन्द्रमा आक्रमण गरेको छ।
बिहीबार रातभर ६० वटाभन्दा बढी लडाकु विमानले तेहरानमा शृंखलाबद्ध आक्रमण गरेको इजरायली सेनाले जनाएको छ। सेनाले एक विज्ञप्तिमा भनेको छ, “सैन्य क्षेप्यास्त्र उत्पादनस्थल र इरानको आणविक हतियार परियोजनाको अनुसन्धान र विकासका लागि एसपीएनडी (अर्गनाइजेसन अफ डिफेन्सिभ इनोभेसन एन्ड रिसर्च) मुख्यालयसहित दर्जनौँ लक्ष्यमा प्रहार गरिएको थियो।”
इजरायली सेनाका अनुसार एसपीएनडी मुख्यालय इरानको सेनाका लागि उन्नत प्रविधि र हतियारको अनुसन्धान र विकासका लागि प्रयोग गरिन्छ ।
इरान आणविक हतियार विकास गर्ने संघारमा रहेको दाबी गर्दै इजरायलले एक हप्ताअघि हवाई आक्रमण शुरू गरेको थियो। त्यसपछि इरान पनि जवाफी आक्रमणमा उत्रिएको छ।
युद्धको कूटनीतिक समाधानमा मद्दत पुग्ने आशामा शुक्रबार युरोपेली विदेशमन्त्रीहरूले इरानी समकक्षीसँग वार्ता गर्ने तयारी गरेका छन्।(रासस/एएफपी)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
