रुसले युक्रेनी ड्रोन आक्रमणबाट आफ्ना ३ सैनिक मारिएको दाबी गरेको छ। एंगेल्स हवाई सैन्य शिविरमा आक्रमण भएको मस्कोले जनाएको छ।
रुसको सारातोभ क्षेत्रस्थित एंगेल्स हवाई सैन्य शिविरमा युक्रेनी ड्रोन आक्रमणबाट तीन जना रुसी सैनिकको मृत्यु भएको मस्कोले दाबी गरेको छ। युक्रेनी सीमा क्षेत्रदेखि ५०० किलोमिटर उत्तर-पूर्वमा पर्ने उक्त रुसी हवाई सैन्य शिविरमा सोमबार बिहान ड्रोन आक्रमण भएको हो।
युक्रेनले यस विषयमा प्रतिक्रिया दिएको छैन। सारातोभ शहरका गभर्नर रोमन बुसार्जिनले मृतकप्रति समवेदना व्यक्त गर्दै एंगेल्स शहरका बासिन्दालाई कुनै जोखिम नरहेको बताएका छन्।
एंगेल्स सैन्य शिविरलाई मस्कोले युक्रेनमाथि आक्रमणका लागि प्रयोग गर्दै आएको छ। उक्त स्थानमा युक्रेनमाथि आक्रमणका लागि प्रयोग गरिने बमवर्षक विमानहरू राखिँदै आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
यसैबीच, युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले युक्रेनले रुसलाई राष्ट्रसंघको सुरक्षा परिषद्को स्थायी सदस्यबाट हटाउने योजनामा काम गरिरहेको बताएका छन्।
"यसबारे हामीले सोमबार औपचारिक रूपमा आफ्नो धारणा राख्दै छौँ। हाम्रो एउटा सरल प्रश्न, के रुसलाई सुरक्षा परिषद्को स्थायी सदस्यका रूपमा रहिरहने अधिकार छ, र राष्ट्रसंघमै पनि? रुस यसको लायक छैन भन्ने विषयमा हामीसँग ठोस र कारणसहितको उत्तर छ", विदेशमन्त्री कुलेबाले भने, “यी विषयहरू हामीले कुनै पनि पत्रकार सम्मेलन वा कुनै सार्वजनिक विज्ञप्तिमार्फत भनेका छैनौँ। सतही रूपमा मात्रै कुरा भएका छन्।"
अरब न्युजसँगको कुराकानीमा विदेशमन्त्री कुलेबाले शान्ति र सुरक्षा स्थापना र जोखिम कम गर्नका लागि रुसको कस्तो भूमिका हुनुपर्ने भन्ने विषयमा मानिसहरूले आफूहरूलाई प्रश्न गरिरहेको बताए।
राष्ट्रसंघको १५ सदस्यीय सुरक्षा परिषद्का पाँच स्थायी सदस्यमध्ये रुस एक हो। यी पाँच स्थायी सदस्यलाई राष्ट्रसंघका कुनै पनि महत्त्वपूर्ण निर्णयमाथि भिटो प्रयोग गर्ने अधिकार हुन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
