यो साता उकालोमा टीकापुरको ३०० बिघा सरकारी जग्गा किनबेचको खुलासा, संसद्मा थरीथरीका विरोध, इजरायलमा नेपाली श्रमिकको विषय, मुरुल्लेमा चुनढुंगाको अवैध उत्खनन, आयोडिन नुनको अवस्थालगायतका खबर चर्चामा रहे।
यो साता उकालोका लागि माओवादी नेता जोडिएको टीकापुरको तीन सय बिघा सरकारी जग्गा किनबेचबारे दिपा दाहालले तयार पारेको खोजमूलक रिपोर्ट सबैभन्दा चर्चामा रह्यो।
शुरू गरौँ यही रिपोर्टबाट, बाजुराको कोल्टीबाट कैलालीको टीकापुर नगरपालिका विशालनगर आएकी विनकला लोहारको परिवार तीन वर्षअघि यहाँ जग्गा किनेर बस्न थालेको हो। सुर्खेतका कमल सुजीलाई पाँच लाख रुपैयाँ बुझाएर दुई कट्ठा जग्गा किनेकी विनकलाले त्यहीबेला बस्ती कार्यसमितिलाई कमिसनबापत थप पाँच हजार रुपैयाँ पनि बुझाइन्। समितिले ‘ऐलानी’ भनेको यो जग्गा आफ्नो नाममा दर्ता हुने आसमा छिन् विनकला।
तर यो जग्गा टीकापुर बहुमुखी क्याम्पसको नाममा रहेको सरकारी जग्गा हो। यही सरकारी जग्गामा विनकलाजस्तै सयौँले बस्ती समितिका अगुवासँगको मिलेमतोमा जग्गा किनेर घर बनाएका छन्। धेरैले लाखौँ खर्च गरेर पक्की भवन ठड्याएका छन्। उनीहरू सबै यो जग्गा आफ्नो नाममा दर्ता हुने आसमा छन्।
क्याम्पसको नाममा रहेको सरकारी जग्गा उनीहरूको नाममा दर्ता होला? हुँदैन भने उनीहरू किन यसरी लागिरहेका छन्? सरकारी जग्गा बेचबिखन गरेर उनीहरूलाई भिडाउने काम कसले गर्यो वा गरिरहेको छ? खोतल्दै जाँदा यो प्रकरणको केन्द्रमा माओवादी नेता–कार्यकर्ता देखा पर्छन्, जो माओवादी शान्तिप्रक्रियामा आउँदानआउँदै टीकापुरको सरकारी जग्गा कब्जा गर्नतिर लागेका थिए।
पढ्नुहोस्, सरकारी जग्गा किनबेचको खेल : टीकापुरको ३०० बिघा सरकारी जग्गा किनबेच काण्ड, माओवादी नेता अघिअघि
साताका अन्य प्रमुख हेडलाइन:
देश-समाज
प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले भिजिट भिसा प्रकरणको छानबिनका लागि नाराबाजी र विरोध जनाइरहेका छन्। सोमबारको बैठकमा पनि नाराबाजी जारी रहँदा सभामुख घिमिरेले बैठक चलाइरहे। सत्तारूढ दलका सांसद रोष्ट्रम पुगेर बजेटमाथि आफ्नो धारणा राखिरहे, रास्वपाका सांसदले वेल घेरेर नाराबाजी गरिरहे। उनीहरू पलेँटी मारेर वेलअगाडि भुईंमै बसेका थिए। सदनमा विपक्षी दलका अन्य सांसदले पनि सभामुखलाई बैठक रोकेर विपक्षी दलसँग सहमति गर्न आग्रह गरिरहेका छन्। तर सभामुखले बैठक रोकेका छैनन्।
सरकारका काममा प्रश्न उठाएर ‘वेल’ घेराउ र नाराबाजी गर्दा पनि विपक्षी दललाई पेलेर संसद् चलाउने परिपाटी नै बन्न थालेको छ। सभामुख देवराज घिमिरे पछिल्लो उदाहरण बनेका छन्।
गत मंगलबार प्रतिनिधिसभा बैठकमा नियमितभन्दा भिन्न शैलीको भेषमा देखा परे रास्वपाका सांसद। उनीहरू सबैले गलामा नीलो स्कार्फ बाँधेका थिए। बैठकको शुरूदेखि अन्त्यसम्मै सबैले स्कार्फ लगाएरै नाराबाजी गरे। नीलो रिबनको अर्थ सन्दर्भअनुसार फरक–फरक हुन्छ। मानव बेचबिखनविरुद्ध सचेतना जगाउन पनि विश्वभर नीलो रिबन प्रयोग हुन्छ। भिजिट भिसा प्रकरणको विरोध गर्न रास्वपाले त्यस्तो स्कार्फ बाँधेका थिए।
रास्वपा सांसदहरूले प्रतिनिधिसभा बैठकमा नीलो स्कार्फ बाँधेर गएपछि कतिपयले मर्यादाको प्रश्न उठाएका छन्। नाराबाजी, तोडफोड र धक्कामुक्कीसम्म भइरहने संसद्मा विरोधको नयाँ शैली अमर्यादित हो त? यसबारे किरण दहालले गरेका यी दुई रिपोर्ट पढ्नुहोस्।
सभामुखतिर सोझिएको प्रश्नः प्रतिपक्षीलाई भुईं, सत्तापक्षलाई रोष्ट्रम?
संसद्मा थरीथरीका विरोध, कति मर्यादित?
अमेरिकाले डिपोर्ट गरेका भुटानी शरणार्थी थपिएको थपियै
भुटानको पारो विमानस्थलबाट भारत हुँदै अनधिकृत रूपमा पूर्वी नेपालका शिविरमा आउने शरणार्थीको संख्या एक दर्जन नाघेको छ। सरकार भने उनीहरूको व्यवस्थापन कसरी गर्ने भन्ने द्विविधामा परेको छ।
मुरुल्लेमा चुनढुंगाको अवैध उत्खनन: स्थानीयको ६ वर्षको संघर्षपछि अस्थायी रोक
खानी विभागले करिब चार महिनाअघि जिल्ला प्रशासन, वन र प्रहरी कार्यालय तथा रुन्टिगढी गाउँपालिकालाई मुरुल्लेमा भइरहेको अवैध उत्खनन रोक्न भनेपछि चौधरी ग्रुपले अस्थायी रूपमा बन्द गरेको छ।
इजरायलमा द्वन्द्व चलिरह्यो, नेपाली श्रमिक गइरहे
इरान र इजरायलबीचको बढ्दो तनावले त्यहाँ कार्यरत नेपाली श्रमिकहरूको सुरक्षामाथि गम्भीर चिन्ता बढाएको छ। तर युद्धको जोखिम भएका यस्ता देशहरूमा नजान नेपाली श्रमिक र सरकार दुवै गम्भीर देखिएका छैनन्।
आयोडिनयुक्त नुनसम्बन्धी ऐन २६ वर्षपछि सक्रिय हुँदै, के छ व्यवस्था?
करिब २६ वर्षअघि राजतन्त्रका बेला तत्कालीन संसद्ले ‘आयोडिनयुक्त नुन (उत्पादन तथा बिक्री वितरण) ऐन’ बनाएको थियो। ऐनमा तत्कालीन राजा वीरेन्द्र शाहले २०५५ माघ १ गते लालमोहर लगाएका थिए। कार्यान्वयन भने गणतन्त्र आएको पनि १८ वर्षपछि आगामी साउन १ गतेबाट हुँदैछ।
विचार-टिप्पणी
साइबर कानून फुकाल, सम्बद्ध कानून लगाऊ/बनाऊ
कुशासनको दुष्चक्रले नागरिक यस्तो उकुसमुकुसमा छ, उसले सोसल मिडिया वा कुनै प्लाटफर्ममा ‘छाडा बोल्यो’ भन्दैमा लामो समय मुद्दामामिलामा लट्काउने हैन कि, सच्चिने मौका दिने हो।
कोही किन युद्ध चाहन्छ?
मानिस यो हदसम्म कसरी पुग्छ? एक अर्कालाई घृणा गर्न मानव मस्तिष्कमा कस्तो किसिमको बीज रोपिनुपर्छ र युद्ध गरेर आखिर फाइदा कसलाई भइरहेछ? यी प्रश्न अहम् रूपमा उब्जिएका छन्।
युवा-स्टार्टअप: सार्थक पहल गरे नतिजा सकारात्मक
नेपालमा युवा उद्यमशीलताको लहर त उकालो लागिरहेको छ, तर यसलाई दिगो र अझ तीव्र बनाउन बहुआयामिक प्रयासहरू आवश्यक देखिन्छ।
जीवनशैली
बालबालिकाको आत्महत्याः अभिभावकको सचेतताले टर्नसक्छ
स्कुलमा गरिने ‘बुलिङ’, पारिवारिक सम्बन्ध, एक्लोपना, सामाजिक सञ्जालबाट बन्ने सम्बन्धलगायत कारण बालबालिकाले आत्महत्या गरिरहेका छन्। अभिभावकले कुरा सुनिदिँदा मात्र पनि बालबालिका जोगिन सक्छन्।
कला–संस्कृति
‘हेरिटेज रिकभरी क्याम्पेन’ : मूर्ति चोरीमाथि बहस
यही असार दुई गतेदेखि दुई दिनसम्म चलेको ‘हेरिटेज रिकभरी क्याम्पेन’मा सांस्कृतिक क्षतिबाट प्रभावित समुदाय र राष्ट्रका लागि न्याय, उपचार र मेलमिलापमा त्यस्ता सम्पदाको फिर्तीले कसरी योगदान पुर्याउँछ भन्नेबारे विमर्श भएको थियो।
‘तलेजु हार’को स्वामित्वबारे अमेरिकी होमल्यान्ड सेक्युरिटीका ४ प्रश्न
अमेरिकाको सिकागोस्थित एक म्युजियममा चार वर्षअघि फेला परेको तलेजु भवानीको ठूलो कण्ठी (हार) घरफिर्ता गर्न अमेरिकाले यसको उत्पत्तिको पहिचान तथा बिक्री भएको भन्ने ठोस प्रमाण बुझाउनुपर्ने ‘नयाँ सर्त’ अघि सारेको छ।
भिएनामा अड्किए ६ वटा पुरातात्त्विक सम्पदा
अस्ट्रियाको भियनास्थित प्रतिष्ठित जेक ग्यालरीमा फेला परेका नेपालका पुरातात्त्विक ६ वटा सम्पदाहरूको उत्पत्ति–प्रमाण तथा आधिकारिकता पुष्टि भएर पनि घर फर्काउन सकिएको छैन।
खेल
नेदरल्यान्ड्समाथि नेपालको ६ विकेटको जित
स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी२० आई शृंखलामा बिहीबार नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको छ। नेदरल्यान्डसँगको पहिलो खेलमा भने तेस्रो सुपर ओभरमा नेपाल पराजित भएको थियो।
तेस्रो सुपर ओभरमा नेदरल्यान्ड्ससँग नेपाल पराजित
नेपालले आज स्कटल्यान्डसँग खेल्दै छ। स्कटल्यान्डसँगको पहिलो खेलामा नेपाल २ विकेटले विजयी भएको थियो। आजको खेल जिते नेपालले सिरिजको उपाधि पाउने छ।
विश्व
अस्पतालमा क्षेप्यास्त्र प्रहारपछि इजरायलले इरानी नेतालाई दियो ‘मूल्य चुकाउनुपर्ने’ चेतावनी
इरान र इजरायबीच क्षेप्यास्त्र आक्रमण चलिरहेको छ। इरानको पछिल्लो क्षेप्यास्त्र आक्रमणबाट अस्पताल र आवासीय भवनमा क्षति पुगेपछि इजरायलले इरानी सर्वोच्च नेतालाई ‘ठूलो मूल्य चुकाउनुपर्ने’ चेतावनी दिएको छ।
इरानी क्षेप्यास्त्र आक्रमणबाट दक्षिणी इजरायलको मुख्य अस्पताल र तेल अभिभ नजिकका आवासीय भवनमा क्षति पुग्दा २०० भन्दा बढी घाइते भएका छन्। इजरायलले जवाफमा इरानको आणविक कार्यक्रमअन्तर्गतको एउटा ‘हेभी वाटर रिएक्टर’मा पनि आक्रमण गरेको छ।
इजरायली स्वास्थ्य मन्त्रालयका अनुसार, इरानी क्षेप्यास्त्र हमलाबाट कम्तीमा २४० जना घाइते भएका छन्। तीमध्ये चार जना गम्भीर छन्। दक्षिणी शहर बेर्शेबाको सोरोका मेडिकल सेन्टरमा पनि ७० भन्दा बढी व्यक्ति घाइते भएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
