त्रिकोणात्मक टी२० आई सिरिजमा नेपाल उपविजेता

स्कटल्यान्डले प्रस्तुत गरेको १९४ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा अलआउट हुँदै १५९ रनमा समेटियो।

काठमाडौँ– त्रिकोणात्मक टी२०– अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेलमा नेपाल घरेलु टोली स्कटल्यान्डसँग पराजित भएको छ।

यस हारसँगै नेपाल सिरिजको उपविजेता बन्यो। स्कटल्यान्ड ४ खेलमा २ मा हार र २ जितका साथ विजेता बन्यो। नेपाल समान अंक भए पनि रनरेटका आधारमा पछि परेको हो। तीन राष्ट्र सम्मिलत रिसिजमा नेदरल्यान्ड्स तेस्रो भयो।

ग्लास्गोमा सम्पन्न अन्तिम खेलमा स्कटल्यान्डले नेपाललाई ३४ रनले हराएको हो। स्कटल्यान्डले प्रस्तुत गरेको १९४ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा अलआउट हुँदै १५९ रनमा समेटियो।

नेपालका लागि रुपेस सिंहले २२ बलमा १ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ४३ रन जोडे। त्यस्तै दीपेन्द्रसिंह ऐरीले ३३ बलमा १ चौका र १ छक्काको सहयोगमा ३४ रन जोडे। कप्तान रोहितकुमार पौडेल २० बलमा ४ चौकाको सहयोगमा २७ रनमा आउट भए। आसिफ शेख १४, भीम सार्की १२ तथा आरिफ शेख ५ रनमा आउट भए।

स्कटल्यान्डका लागि क्रिस ग्रेभ्सले ३ तथा सफियान सरिफले २ विकेट लिए। त्यसअघि टस जितेर पहिला ब्याटिङको निर्णय गरेको स्कटल्यान्डले निरधारित २० ओभरमा ५ विकेट गुमाउँदै १९३ रनको योगफल बनाएको थियो।

स्कटल्यान्डका ओपनर जर्ज मुन्सेले अर्धशतकीय पारी खेले। उनले ३९ बलमा पाँच चौका र ६ छक्कासहित सर्वाधिक ७८ रन बनाए। त्यस्तै ब्रेन्डन म्याकमुलनले ३० बलमा ४ चौका र १ छक्कासहित ४२ रनको योगदान गरे। यसबाहेक अलराउन्डर माइकल लिस्कले २६ र विकेटकिपर म्याथिउ क्रसले १७ रन बनाए। 

नेपालका लागि कुशल भुर्तेलले दुई विकेट लिए। रुपेश सिंह, सन्दीप लामिछाने र ललित राजवंशीले समान १ विकेट हात पारे।