चितवनमा सवारी दुर्घटना: सात जनाको मृत्यु, १८ घाइते

धनगढीबाट काँकडभिट्टातर्फ गइरहेको यात्रुवाहक बस र मकवानपुरबाट नारायणगढ आइरहेको कार ठोक्किएर दुर्घटना भएको हो। 

चितवन– पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको खहरे पुलमा सवारी दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। अन्य १८ जना घाइते भएका छन्।

चितवनका प्रहरी प्रमुख गोविन्द पुरीका अनुसार धनगढीबाट काँकडभिट्टातर्फ गइरहेको यात्रुवाहक बस र मकवानपुरबाट नारायणगढ आइरहेको कार ठोक्किएर दुर्घटना भएको हो। 

घाइतेको चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ।