चाडमा पछिल्लो समय हिंसा र झडपका घटना बढिरहेको पाइएको छ। मे महिनायता मुलुकभर ५० भन्दा बढी मानिसको मृत्यु भएको छ।
चाडको माईयो–कब्बी वेस्ट प्रान्तको ओरेगोमेल गाउँमा दुई समूहबीच भएको झडपमा कम्तीमा १७ जनाको मृत्यु भएको छ।
त्यसमध्ये धेरै महिला तथा बालबालिका रहेको स्थानीय सञ्चार माध्यमले जनाएका छन्। झडपमा १६ जना घाइते भएका छन्। आक्रमणकारीहरूले भाला, कुटा र अन्य हतियार प्रयोग गरेका थिए।
सरकारका जनरल डेलिगेट अब्देलमाने खताबले घटनाको पुष्टि गर्दै हिंसालाई रोक्न आवश्यक कदम चाल्ने बताए। यो घटना चाडले राष्ट्रिय सुरक्षा बैठक गरेको केही घण्टापछि भएको हो।
चाडमा पछिल्लो समय हिंसा र झडपका घटना बढिरहेको पाइएको छ। मे महिनायता मुलुकभर ५० भन्दा बढी मानिसको मृत्यु भएको छ। प्रायः चाडमा हुने झडपहरू प्रायः जमिन, राजनीतिक मतभिन्नता र जातीय द्वेषका कारण हुने गरेका छन्।
यसले देशभरकै सामाजिक सुरक्षा र स्थिरतामा समस्या बनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
