झडपमा संलग्न रहेको अभियोगमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सर्लाही– बरहथवा नगरपालिका–४ स्थित खैरवा टोलमा शनिबार बिहान बाटो विस्तारका क्रममा दुई पक्षबीच झडप हुँदा प्रहरीसहित १० जना घाइते भएका छन् ।
सडक विस्तारका विषयमा विवाद भएपछि ढुंगा हानाहान भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नाका साथै एक ‘राउन्ड’ गोली चलाएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रवक्ता बालिस्टर सिंहले जानकारी दिए।
घटनामा प्रहरी निरीक्षक दिवाकर गणेशको दाहिने हातमा चोट लागेको छ भने प्रहरी जवान प्रमेश्वर राय यादवको टाउकामा चोट लागेको छ। दुवै जनाको बरहथवा नगर अस्पतालमा उपचार भइरहेको छ।
यसैगरी, बरहथवा नगरपालिका–४ खैरवाका टीकाबहादुर कार्की, कुलबहादुर कार्की, सञ्जय कुशवाह, रमेश महतो, इन्दु देवी, प्रदीप कुशवाह, अनिल कुशवाह र उमेश महतो घाइते भएका छन्।
घाइतेमध्येका टीकाबहादुर कार्की र कुलबहादुर कार्कीलाई बरहथवामा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ ‘रेफर’ गरिएको छ। अन्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
झडपमा संलग्न रहेको अभियोगमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
