बाढी–पहिरोका कारण अवरुद्ध भएका १० सडकमध्ये शनिबारसम्म सात वटा खुलेका छन् भने अझै तीन स्थानमा भने सडक अवरुद्ध नै छ।
काठमाडौँ– पछिल्लो दुई दिनको भारी वर्षासँगै आएको बाढी र पहिरोले अवरुद्ध भएका १० वटा सडकमध्ये शनिबारसम्म सात स्थानमा यातायात सुचारु भएको छ।
नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार, अझै तीन स्थानमा भने सडक अवरुद्ध नै रहेकाले यातायात सञ्चालन हुन सकेको छैन।
उनका अनुसार नवलपरासी बर्दघाट सुस्ता पूर्वको विनयी खोलामा डाइभर्सन बगाउँदा अवरुद्ध सडक अझै सञ्चालनमा आउन सकेको छैन। यहाँ हिजो यात्रुवाहक गाडी नै बगाएको थियो भने यात्रुलाई सकुशल उद्धार गरिएको थियो।
रोल्पाको त्रिवेणी गाउँपालिका–७ जंडाँडामा पहिरोले घोराही–रुकुम शहीद मार्ग अवरुद्ध भएको छ। पहिरोकै कारण पाल्पाको तिनाउ नगरपालिका–३ सुरुङ मार्गमा सडक अवरुद्ध हुँदा सिद्धार्थ राजमार्ग बन्द भएको छ। ती सडक खुलाउने प्रयास भने जारी रहेको प्रवक्ता घिमिरेले बताए।
उनका अनुसार ललितपुरको बागमती गाउँपालिकामा पहिलोले अवरुद्ध कान्ति लोकपथ पूर्ण रूपमा सञ्चालनमा ल्याइएको छ। यस्तै, धनकुटाको साँगुरीगढी गाउँपालिकामा पहिरोले अवरुद्ध सडक, नवलपरासी बर्दघाट सुस्ता पूर्वको बुलिंटारमा पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर, म्याग्दीको बेनी–जोमसोम सडक, गुल्मीमा अवरुद्ध कालीगण्डकी करिडोर पनि पहिरो पन्छाएर सडक खुलाइएको प्रहरीले जनाएको छ।
यस्तै, जुम्लामा अवरुद्ध जुम्ला–मुगु सडक, डोल्पामा बाढीका कारण अवरुद्ध भेरी करिडोर पनि एकतर्फी खुलाइएको र दुईतर्फी खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।
शुक्रबारबाट देशभर नै मनसुन फैलिएकाले देशभर नै मनसुनै वायुको प्रभाव रहेको छ। जसका कारण जोखिम बढ्ने भएकाले सतर्कता अपनाउन प्रहरीले सबैमा अनुरोध गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
