कालीगण्डकी गाउँपालिका–१ अन्तरगत हर्मीचौर–अर्बेनीमा निरन्तर सुक्खा पहिरो खसेपछि करिडोर पूर्ण रूपमा अवरुद्ध छ।
गुल्मी– शुक्रबारदेखि अवरुद्ध कालीगण्डकी करिडोर निरन्तरको पहिरोका कारण शनिबार पनि बन्द नै रह्यो। कालीगण्डकी गाउँपालिका–१ अन्तरगत हर्मीचौर–अर्बेनीमा निरन्तर सुक्खा पहिरो खसेपछि करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो।
पहिरो रोकिएकाले सडक सञ्चालन गर्न समस्या परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गंगाबहादुर सारुले बताए।
“सडक माथिबाट लगातार सुक्खा पहिरो झरिरहेको छ, हामीले यात्रुहरूलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेका छौँ,” प्रहरी नायब उपरीक्षक सारुले भने। उनले तत्कालै उक्त सडक सञ्चालन हुनसक्ने अवस्था नरहेको बताए।
पहिराले अवरुद्ध रिडी–बामीटक्सार सडकखण्ड भने एकतर्फी रूपमा मात्र सञ्चालनमा आएको छ। उक्त सडकखण्डअन्तर्गत चन्द्रकोट गाउँपालिका –७ स्थित सिस्ने भिरमा सडक माथिबाट खसेको पहिरोको केही भाग हटाएपछि सडक आंशिक रूमा सञ्चालन गएिको प्रहरीले जनाएको छ ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
