ललितपुरको ग्वार्कोमा निर्माण भएको ओभरपासमा सवारीसाधन सञ्चालन हुन थालेका छन्।
काठमाडौँ– ललितपुरको ग्वार्कोमा निर्माण भएको ओभरपासमा सवारीसाधन सञ्चालन हुन थालेका छन्। शुक्रबार प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा उपत्यका ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीले रिबन काटेर ओभरपासको उद्घाटन गरेका थिए।
यो ओभरपास निर्माण कार्य शुरू भएको ३९ महिनापछि सम्पन्न भएको हो। इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा यसको ठेक्का आशिष-समानान्तर-रेलिगेर जेभीले १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा लिएको थियो।
२०७८ फागुनमा निर्माण शुरू भएको यो ओभरपास दुई वर्षभित्र अर्थात् २०८० फागुन १२ भित्रै सकिनुपर्ने सम्झौता थियो। तर, निर्धारित समयमा काम नसकिएपछि २०८१ असारसम्मका लागि म्याद थपियो। त्यसपछि पनि काम पूरा नभएपछि २०८१ पुस ९ सम्मका लागि अर्को म्याद थप गरियो।
पटक–पटक म्याद थप गर्दा पनि काम नसकिएपछि २०८१ पुस १० गतेदेखि निर्माण कम्पनीलाई दैनिक जरिबाना तिराएर काम गराइएको थियो। यसरी जरिबाना तिर्दै कम्पनीले बल्ल ओभरपास निर्माणको काम सकेको हो।
ओभरपास सञ्चालनमा आएसँगै ग्वार्को क्षेत्रको ट्राफिक व्यवस्थापनमा सुधार आउने अपेक्षा गरिएको छ। ओभरपासमा सवारीसाधन चल्न थालेपछि कस्तो देखिएको छ? ड्रोनबाट खिचिएका केही दृश्य यहाँ प्रस्तुत छन्:







Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
