अमेरिकाद्वारा इरानका ३ आणविक केन्द्रमा आक्रमण

यस घटनाले विश्व अर्थतन्त्र र तेल कारोबारमा पनि प्रभाव पार्ने सम्भावना रहेको विश्लेषकले बताएका छन्।

तस्वीर: रोयटर्स।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानका तीन मुख्य आणविक केन्द्रमा हवाई आक्रमण गरेको बताएका छन्। 

आक्रमण गरेर विमानहरू इरानको आकाशबाट बाहिरिइसकेको उनले जनाएका छन्।  बमबारीले मुख्य रूपमा फोर्दोलाई लक्षित गरेको थियो।  

आक्रमणपछि देशवासीलाई सम्बोधन गर्दै ट्रम्पले इरानमा गरिएका आक्रमण सफल भएको बताएका छन्। इरानले शान्तिको मार्ग रोज्नुपर्ने उनको भनाइ छ। 

यस घटनाले विश्वव्यापी रूपमा नयाँ तनाव सिर्जना भएको छ। अमेरिकी अधिकारीहरूका अनुसार, यसले इरानको आणविक कार्यक्रमलाई कडा धक्का पुर्‍याएको छ।  

यस घटनाले विश्व अर्थतन्त्र र तेल कारोबारमा पनि प्रभाव पार्ने सम्भावना रहेको विश्लेषकले बताएका छन्।

इजरायल र इरानबीच युद्ध चलिरहेका बेला अमेरिकाले पनि इरानमाथि आक्रमण गरेको हो। इजरायलले इरानविरुद्ध १३ जुनदेखि आक्रमण शुरू गरेको थियो।